बुद्धको पोखरामा भव्य स्वागत…

एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरा आएका छन् । बुद्धको पोखरामा भव्य स्वागत गरिएको ‘बुद्ध लामा जिताऔं’ अभियानका महासचिव मन क्षेत्रीले जानकारी दिएका छन् ।

Image may contain: 7 people, people smiling, people standing and outdoor
ग्राण्ड फिनाले प्रवेशपछि आफ्नो गृहनगर पोखरा झर्न लागेका बुद्धसंगै रियालिटी सो संग सम्वन्धित अन्य प्रतिनिधीसमेत छन् । फाइनल प्रतिष्प्रर्धामा आफ्नो लागि भोट अपिल तथा गृहनगरमा हुने उनको भव्य स्वागतको छायाङ्कन गर्न शो का प्रतिनीधि उनीसंगै पोखरा झरेका हुन् ।

हजारौ प्रतिष्प्रर्धीलाई पछि पार्दै ग्राण्ड फिनाले प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । टप थ्रि प्रवेश गर्दा अन्य प्रतिष्प्रर्धीलाई करिब २ लाख भोटअन्तर राखेका बुद्धलाई सम्भावित पहिलो नेपाल आइडलका रुपमा हेरिएको छ ।

अो एस् नेपाल बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video