‘दि कर्मा’ को औपाचारिक निर्माणको घोषणा..

बलिउड सहित नेपालका केही कलाकारको अभिनय रहने चलचित्र ‘दि कर्मा’ को औपाचारिक निर्माणको घोषणा गरिएको छ । यस चलचित्र लाई देव कुमार श्रेष्ठको निर्देशन रहने छ । मंगलबार काठमाडौँमा प्रेसमिट गर्दै चलचित्र बारे जानकारी गराइएको हो ।

चलचित्र कर्मामा दीपक आनन्द, करण कुमार वर्मा, क्षितिजा शाक्य, नसीमा आचार्य, अनुप सक्सेना लगायतको अभिनय रहनेछ । जय राज राय र नीशा खतिवडाको संयुक्त निर्माण जानकारी छ ।

Image result for ‘दि कर्मा’

नेपालको तराइ भेग र भारतको सिमाना आसपासको घटना मा आधारित रहने चलचित्र हिन्दी र नेपाली दुवै भाषमा बन्ने छ । फिल्मको मंसिरबाट छायाँकन सुरु हुनेछ भने प्रदर्शन 2075 सालको बैशाखमा रिलिज गरिने गर्ने लक्ष्य राखिएको निर्माण पक्षले बताएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video