दसैंको पूर्व सन्ध्यामा गायक कमल के क्षेत्रिको कोदो कोला

काठमाडौं– विगतमा आईलभयू…गीतको लोकप्रियताका कारण दर्शक तथा श्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रिले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रिकै संगीत निर्देश्ँन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्रि सहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।

यस्तो छ कोदो कोलाको म्युजिक भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video