देश दौडाहामा जोनी जेन्टलम्यान

यही शुक्रबार भदौ ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को मंगलवार चितवनमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराईएको छ । फिल्म प्रचारका लागि ईटहरी पोखरा, बुटवल, लगायतका स्थानमा घुमिरहेको फिल्म जोनी जेन्टलम्यानको समुह मंगलबार चितवनमा आएको हो । चलचित्रका नायक पल शाह, नायिका आचल शर्मा, जैना कुवर ,गायक योगेस काजी र निर्माता अजय मल्ल ठकुरी समुह चितवन आएको हुन् ।

पत्रकारसँगको भेटघाट कार्यक्रममा नायक पल शाहले जोनी जेन्टलम्यान दर्शकले खोजे जस्तो फिल्म रहेको बताउनुभएको छ । उहाले एउटा टोलमा बस्ने केटा, जसको एउटा जागिर छ । फिल्ममा जोनीले पैसा लिएर कैदीहरुलाई निकाल्ने काम गर्छ । जब श्रीको इन्ट्री हुन्छ तब जोनीलाई एकतर्फ माया बस्न थाल्छ । त्यसपछि जोनीले श्रीलाई फलो गर्न थाल्छ त्यही कथामा आधारित रहेको जोनी जेन्टलम्यान उत्कृष्ट फिल्म बनेको नायक शाहले बताउनुभयो ।

नायिका आचल शर्माले फिल्ममा श्रीको भूमिका निर्वाहा गरेको र श्रीले जोनीलाई कसरी जेन्टलम्यान बनाउछे भन्ने कुरा दर्शकहरुले फिल्ममा हेरेर मात्र थाहा पाउने हुनाले चलचित्र हेर्न समेत सबै दर्शकलाई अनुरोध गर्नुभएको छ ।

सो पत्रकार सम्मेलनमा गायक योगेस काजीले घरी घरी तडपिन्छ यो मन तिम्रैे गित समेत गाएर सुनाउनुभएको थियो ।देशभरका करिब ८० सय हलमाएकसाथ फिल्म प्रर्दशनमा आउने निर्माता अजय मल्ल ठकुरीले बताउनुभएको छ ।

प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दको निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका हुन् । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन,अर्जुन पोख्रेल ,हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।
आँचल र पलसँगको अन्तर्वाता

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video