नायिका बर्षा राउत पिता सुरेश राउतको लागि बर्दिबासमा चुनाब प्रचार प्रसारमा ब्यस्त

काठमाडौँ : नायिका बर्षा राउत यतिबेला सिनेमा म्युजिक भिडियो र टेलिफिल्मका सम्पूर्ण काम छाडेर प्रदेश २ को महोतरी जिल्ला बर्दिबास नगरपालिकामा चुनावी प्रचार प्रसारमा लागेकि छन् । यतिबेला प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सम्पूर्ण राजनीतिक दलको प्रतिस्ठाको लडाई बनेको छ । उनी अन्य दलका नेता कार्यकर्ता जस्तै भोट माग्दै घरदैलोमा हिड्न थालेकी छिन् आजभोली । उनी आफ्नो लागि नभएर बाबु सुरेश बहादुर राउतको लागि मत माग्न हिडेकि हुन् । बर्षाका बाबु सुरेश महोत्तरीको बर्दिवास नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेद्धार बनेका छन् । उनी आफ्ना बाबुलाइ जिताउन भोट माग्दै घरदैलोमा हिड्न थालेकी हुन् ।

बाबु सँगै चुनाव प्रचारमा हिडेकी अभिनेत्री बर्षा घरदैलोमा पुग्ने र त्यस क्षेत्रका जनता, युवा, जनजाति, बृद बृदा र महिलाहरु सँग भोट माग्ने गरेकी छिन् । महोत्तरी पुगेकी बर्षा रावत चुनाव प्रचारको चटारोमा छिन् । उनि भन्छिन पिता सुरेश बहादुर राउत एक निष्ठाबान, इमान्दार र कुशल नेता भएको कारणले गर्दा जित लगभग सुनिश्चित भएको छ l बर्दिबास नगरपालिका अहिले एमालेमय भएको छ र सम्पूर्ण बर्दिबास नगरका जनताहरु नेता सुरेश बहादुर राउतको पक्षमा भएको कारणले गर्दा पनि उनको जित हुनेमा बिस्वस्त छिन l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video