नायक द्वय सलोन बश्नेत र आमेश भण्डारी अब गायकका रुपमा नेपाली संगीत क्षेत्रमा प्रबेश गर्दै (भिडियो सहित)

नायक द्वय सलोन बश्नेतआमेश भण्डारी अब गायक का रुपमा नेपाली संगीत क्षेत्रमा प्रबेश गर्ने भएका छन। उनिहरुले आफ्नो कोलाब्रेसनलाई “क्यासिनोवा” नाम दिएका छन। ४ वटा गीत सहितको एल्बम लिएर नेपाली संगीतमा होमिन लागेका उनिहरु यतिबेला स्टुडियो 9 मा रेकर्डिङमा ब्यस्त छन। एल्बम मा समाबेश हुने पहिलो ट्रयाक “ह्यास ट्याग देजाबु भाईब्स” रेकर्डिङ सकिएको छ। शब्द संगीत समेत आफुहरुलेनै गरेका उनिहरुको यो कोलाब्रेसनमा बिशेष सहयोग टङ्क बुढाथोकी को रहने छ। यस गीत को भिडियो दसैं अगाडि नै सार्वजनिक गर्ने उनिहरुको तयारी रहेको छ। भिडियोलाई पर्फेक्ट प्लान इन्टरटेनमेन्टले निर्माण गर्दै छ। नायक का रुप मा निकै रुचाइएका यि दुई को संगीत यात्रा नेपाली दर्शक श्रोताले कत्तिको मन पराउनेछन त्यो भने हेर्न बाँकी छ।
भिडियो हेर्नुहोस्…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video