गायक आशिष गौतम “सचिन” मोफसलमा बसेर गित संगीतमा सक्रिय (भिडियो सहित)

काठमाडौँ : सुमधुर आवाजका धनि गायक आशिष गौतम “सचिन” मोफसलमा बसेर गित संगीतमा सक्रिय रही नेपाली सांगीतिक क्षेत्रलाइ केहि गरु भन्ने अभिप्रायको साथमा अगाडी बढी रहेका छन l भर्खरै मात्र “मेरो हरपल तिमि” बोलको गित रेकर्ड गराई म्युजिक भिडियो समेत नेपाली सांगीतिक बजारमा लिएर आएका गायक आशिष गौतम “सचिन” भविष्यमा नेपाली संगीत क्षेत्रमा नया र फरक ढंग बाट प्रस्तुत हुन लागि परेका एक गायक तथा श्रष्टा हुन् l अहिले उनि गायिका एन्जिला रेग्मीको साथमा “मेरो हरपल तिमि मनको हलचल तिमि” भन्दै सांगीतिक बजारमा छाएका छन l
सानै देखि गित संगीतमा रुचि राख्ने उनि पेशाले एक ब्यबसायी भएका हुन l नृत्य निर्देशक हुदै एक सौन्दर्य प्रतियोगितामा टप टेनमा समेत पर्न सफल भएका सचिन अहिले चाइना र हङकङमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका छन l आफ्नो ब्यबसाय संगै सांगीतिक क्षेत्रमा केहि गरु भन्ने उदेश्यका साथमा र नेपाली गित संगीतलाई नेपालमा मात्र नभएर विदेशमा समेत चिनाउन लागि परेका गायक आशिष गौतम “सचिन” भविष्यमा एक सफल गायक बन्न चाहन्छन l

“मेरो हरपल तिमि मनको हलचल तिमि” को गीतमा शब्द तथा संगीत भिम बिसीको रहेको छ भने यस गितको म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन l मोडल आकाश श्रेष्ठ र मरिस्का पोखरेलको अभिनय रहेको म्युजिक भिडियोलाइ विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ l भिडियो हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video