गीतकार तथा चर्चित मोडेल दर्पण राई अभिनित भिडियो सार्वजनिक

काठमाडौँ : गीतकार तथा चर्चित मोडेल दर्पण राई अभिनित भिडियो भर्खंरै सार्वजनिक भएको छ । ‘मनको कुरा’ बोलको गीतको भिडियोले छोटो समयमा दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाईरहेको छ ।
गीतमा राजेश पायल राईले स्वर भरेका छन् । मन राज राईको शब्दरचना रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । त्रिकोणात्मक प्रेम सम्बन्ध देखाईको गीतको भिडियोमा दर्पण राई, सम्झना राई र रञ्जित पौडेलको दमदार अभिनय रहेको छ । भिडियोमा दर्पण राईलाई प्रेममा निकै नै तड्पाईएको छ ।
भिडियो हेर्नुहोस् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video