प्रतापका फ्यान हरु एसरी अोर्लिए (भिडियो सहित)

चर्चित रियालिटी सो नेपाल आईडलको   शिर्ष तीनमा परेका निशान भट्टराई, प्रताप दास र बुद्ध लामा बिचमा असोज ६ गते कतारमा फाइनल भिडन्त हुनेछ। अहिले तिनै जना प्रतिस्प्रधी आ-आफ्नो गृहनगर मा छन । निशान भट्टराई पूर्वका विभिन्न स्थानमा पुगेका छन् भने बुद्ध लामा पोखरा र आसपासका ठाउमा पुगेका छन्।  प्रताप दास पनि आफ्नो गाउँमा पुगेर आफ्ना फ्यान र दर्शक संग खुशी साटेका छन्।

गत बिहीवार प्रतापले एउटा कार्यक्रममा आफ्नो फ्यानहरुको रोजाइमा गीत हरु गाएर माहोल तताएकाथिए । प्रताप दासको उपस्थितिसँगै  कार्यक्रमको माहोल तातेको थियो । उनको उपस्थितिसँगै कार्यक्रमस्थल उनकै नामले गुन्जायमान भएको थियो ।

प्रताप दासले कार्यक्रममा आफ्नो ३ ओटा प्रस्तुति दिएका थिए । प्रतापले प्रेम गीत २ को ‘ मोटरसाइकलमा’ बोलको गीत गाउँदा दर्शकहरु संगै गीत गाउदै नाचगान गरेर मनोरंजन लिइरहेका थिए।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video