निता पुगिन २५ बर्ष जन्मदिनमा ‘नीता फिल्मस् प्रोडक्सन’ घोषणा (फोटो तथा भिडियो)

आफ्नो जन्मदिनको अवसर पारेर नायीका नीता ढुंगानाले ‘नीता फिल्मस् प्रोडक्सन’ को सुरुवात गरेकी छिन् । एक कार्यक्रमको आयोजना गरी उनले जन्मदिन मनाउनुका साथै ‘नीता फिल्मस् प्रोडक्सन’ को सुरुवात गरेको घोषणा गरेकी हुन।

नीताको जन्मदिनमा शुभकामना दिन नायिका/निर्देशक झरना थापा, अनु शाह, सुरविना कार्की, सम्पदा बानियाँ, कोरियोग्राफर गोविन्द राई, निर्देशक दिनेश राउत, मिलन चाम्स, निर्माता सुवास गिरी लगायत कार्यक्रम स्थलमा पुगेका थीए ।सोही अवसरमा उनले चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषलाई २० हजार रुपैयाँ सहयोग समेत गरिन् । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले सहयोग रकम बुझ्दै फिल्म निर्माणमा लागेकी नीतालाई सफलताको कामना गरे । हेर्नुहोस् निताले जन्मदिन कसरी मनाईन…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video