महसन्चारको नयाँ चलचित्र “शत्रुगते” घोषणा, १ दर्जन बढी चर्चित कलाकारको अभिनय ( भिडियो सहित )

मह संचारको प्रस्तुती मा किरण के सि को चलचित्र ‘शत्रुगते’ निर्माण हुने भएको छ । आज शुक्रबार भाद्र ३० गते सत्रुगतेको अफिसिअल अनाउन्समेन्ट भएको छ । प्रदीप भट्टराई को निर्देशन रहने यस चलचित्रमा रमिला आचार्य, यशोदा सुबेदी, नरेन्द्र कन्साकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्याल निर्माता रहेका छन ।

कथा हरिबम्श आचार्य को रहेको छ भने पटकाथा दीपक राज गिरी र प्रदीप भट्टराईको रहेको छ । सम्बाद पनि हरिबम्श आचार्य र प्रदीप भट्टराईकै रहेको छ । यस चलचित्रलाई दिर्घ गुरुङ ले छायान्कन गर्ने भएका छन ।

न्रित्य कविराज गहतराज को रहने जानकारी छ । कमेडी बेस यस चलचित्रमा अहिले निकै हिट भएका राजनराज सिवाकोटीको गीत तथा संगीत रहनेछ ।

चलचित्रमा मदनक्रीष्ण श्रेष्ठ, हरिवम्श आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरी पौड्याल, पल शाह, प्रियान्का कार्की, आचल शर्मा, बसुन्धरा भुषाल, किरणन के सि, राजाराम पौड्याल, अन्जु महर्जन, राजु भुजु, रबी शर्मा, मोहितवम्श आचार्य र नरेन्द्र कन्साकार को अभिनय रहने जानकारी छ ।

यस चलचित्र को पचास प्रतिसत छायान्कन तराइ मा हुनेछ भने बाँकी पाकाडा र काठमाडौं मा हुनेछ । कारीव पचास दिन शूटिङ हुने जानकारी टिमले दिएको छ । सत्रुगते २०७४ साल को चैत्र मा रिलिज हुने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video