अधिकांश हलहरु हाउस फुल , पल र आँचलको देखियो यस्तो क्रेज

प्रदर्शनको पहिलो दिन शुक्रबार औषत व्यापार गरेको फिल्म ‘जोनी जेन्टलम्यान ’ले शनिबार भने देशका कतिपय हलहरुमा हाउसफूलको व्यापार गरेको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए ।

मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुुरीको भनाई छ ।
हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्डियु पौडेल हलहलमा पुगेका थिए ।


गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे । पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए ।

शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा परेका कारण जोनी जेन्टलम्यान लाई फाइदा पुग्ने देखिएको छ । पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो । पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म म यस्तो गीत गाउँछु सुपरहिट भएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video