अभिनय र नृत्यमा अब्बल – अनु राइ

काठमाडौँ: मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ l अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहना सबैको हुन्छ l नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन l राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार कलाकारिता क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर बिगत तिन चार वर्ष देखि मोडलिङ र कलाकारिताको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी कलाकार हुन अनु राइ अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन l
दुइ बर्ष भन्दा बेसी थिएटर बाट अभिनय सिकेर कलाकार, मोडलिङ, गायिका बन्ने समेत सपना लिएर सिने क्षेत्रमा प्रवेश गरेकी कलाकार अनुले दर्जनौ म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन भने केही गीतहरूमा पनि आफ्नो सुमधुर आवाज भरिसकेकी छिन त्यसैगरी आधा दर्जन चलचित्र तथा दर्जनौ टेलीचलचित्रमा समेत अभिनय गरिसकेकी छिन l अभिनयमा र नृत्यमा पोख्त मोडल अनु राइ हेर्दा पनि आकर्षण छिन l उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै कलाकारिता, मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l
पूर्वको सुन्दर स्थल इलाममा जन्मेर हुर्केर काठमाडौँलाइ कर्मथलो बनाएकी अनु निकै आकर्षित, हासिरहने शालीन स्वभावकि छिन l कलाकार अनु भन्छिन यदि चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू सबै भूमिकामा अभिनय गर्न तयार रहेको उनी बताउछिन l सानै उमेर देखि कलाकार तथा मोडल बन्ने सोच र रुचि राख्ने अनु अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन l अनुले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउछिन।परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी करिश्मा मोडलिङको नाममा र चर्चा कमाउनको लागि गलत कार्यमा नलाग्ने बताउछिन l अनु भन्छिन मोडलिङ, कलाकारिता पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ l

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video