पुर्वको यात्रा “छक्का पन्जा २” को (फोटो)

Image may contain: 5 people, people smiling, crowd and outdoor

लामो समयदेखि हास्य जोडीको छविमा रहेका दीपकराज गिरी र दीपाश्री निरौला पछिल्लो समय धमाधम फिल्मतिर लागेका छन् । ‘वडा नम्बर ६’, ‘छ एकान छ’, ‘छक्का पञ्जा’ हुँदै अहिले ‘छक्का पञ्चा २’ सम्म आइपुगेको उनीहरूको फिल्म यात्रालाई दर्शकले पनि मन पराइदिएका छन् । यसपालि दसैंको फूलपातीबाट देशभर रिलिज हुन लागेको ‘छक्का पञ्जा २’ प्रचारप्रसार क्रममा यी दुई फिल्म युनिटसहित पूर्व आइपुगेका छन् ।

‘छक्का पञ्जा–२ एक्सप्रेस कमेडी टुर’ उनीहरूले पूर्वको दमकबाट थालेका हुन् । दीपक र दीपाश्रीको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको निर्देशन भने दीपाश्रीले गरेकी हुन् । लगातार तीन फिल्मबाट व्यावसायिक सफलता प्राप्त गरिसकेको दाबी गर्दै दीपक र दीपाश्रीले आफूहरूको चौथो प्रस्तुति पनि सफल हुनेमा विश्वास्त रहेको बताए । दमकमा बिहीबार बेलुका आयोजित पत्रकार सम्मेलनमा निर्माता/अभिनेता दीपकले ‘छक्का पञ्जा २’ अघिल्लो फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल भने नभएको प्रस्टयाए । ‘नाम एउटै भए पनि विषयवस्तु र प्रस्तुति फरक छ,’ उनले भने ।

Image may contain: 7 people, people smiling, people standing

दीपाश्रीले यो फिल्म गम्भीर घटनालाई हास्य रसमा ढाल्न सफल भएको ठोकुवा गर्दै दर्शकका लागि सस्पेन्ड राखिएको बताइन् । उनले दर्शककै माया र उत्साहले चौथो फिल्म निर्माण गरेको बताइन् । उनले अहिले नेपाली फिल्मको बजार राम्रो भएको पनि दाबी गरिन् । उनले यस फिल्ममा पनि अघिल्ला फिल्मजस्तै नेपाली मौलिकतालाई दर्शकमाझ अझ सरल ढंगले पस्किने प्रयास गरेको बताइन् । ‘सामान्य नेपाली समाजकै विषयवस्तुलाई अहिलेको नयाँ पुस्तालाई मन पर्ने हिसाबमा प्रस्तुत गरेका छौं,’ उनले भनिन् ।

Image may contain: 32 people, people smiling, crowd, outdoor and closeup

फिल्मकी नायिका प्रियंका कार्कीले ‘छक्का पञ्जा’ भन्दा यो फिल्ममा आफूले अझ सशक्त भूमिका निर्वाह गरेको बताइन् । उनले दर्शकलाई मनोरञ्जन प्रदान गर्दै नेपाली समाजका लागि एउटा शिक्षामूलक फिल्म बनेको सुनाइन् ।

उक्त फिल्ममा दीपक, दीपा र प्रियंकासँगै केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, शिवहरि पौडेल, बुद्धि तामाङ, किरण केसी पनि मुख्य भूमिकामा छन् । इकान्तिपुर बाट साभार ।
Image may contain: 4 people, people smiling, people standing, sunglasses, sky, outdoor and closeup

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video