चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ को फष्ट लुक सार्वजनिक

चलचित्र अमेरीकन बाबु मेड इन नेपाल को अफिसियल पोष्टर सार्वजनकि गरिएको छ । अमेरिकामा छायांकन भएको यो चलचित्रलाइ इश्वर थापाले निर्देशन गरेका छन् ।

अमेरीका र नेपालमा एक साथ रिलिजको तयारीमा रहेको यो चलचित्रमा इशान ढकाल , नन्दिता केसि , प्रवेश उप्रेती पल , प्रियंका आयर , अन्जली लामा , राजेश गुरुङ , रघु गिरि , सम्झना उप्रेती र बिषेश भुमिकामा बाबु बोगटीको अभिनय रहेको छ ।

चलचित्रका गितमा बाबु बोगटी र ओम कर्मचार्यको संगित , ओम कर्मचार्य , सौरभ तिम्सिना र इश्वर थापाको गीत लेखन , सुरेन्द्र नकर्मिको लेखन रहेको अमेरीकन बाबु मेड इन नेपाललाइ शम्भु मोक्तानले छायांकन गरेका हुन् । चलचित्रका सम्पादक निर्देशक थापा नै हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video