‘प्रेमगीत २’ प्रदर्शनको ५१ दिन पुुरा, प्रदिपलाई ५३ लाख बराबरको कार उपहार (फोटो तथा भिडियो)

चलचित्र ‘प्रेमगीत २’ले आफ्नो प्रदर्शनको ५१ दिन पुुरा गरेको छ । साउन १३ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले असोज १ गते आफ्नो प्रदर्शनको ५१ दिन पुरा गरेको हो । सोही खुशीयालीमा निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्कालाइ हुन्डाइ को क्रेटा कार उपहार दिएका छन् । करीब ५३ लाख बराबर को उक्त कार निर्माता सन्तोष सेन द्वारा पूर्व घोसित (फिल्म सफल भए कमाइको ३० प्रतिसत रकम प्रदिपलाई दिने) योजना अनुसार प्रदान गरेका हुन। नेपाली फिल्म क्षेत्रका चर्चित फिल्मीकर्मी, पत्रकारको उपस्थितीमा यो फिल्मको यूनिटले ५१ दिनको पार्टी आयोजना गरेको हो ।
यस्तै, कार्यक्रममा फिल्मको शिर्ष गीतको कभर प्रतियोगीताका विजेता महिला र पुरुष पनि घोषणा गरियो । कभर गीत प्रतियोगिताका बिजेता पुरुष तर्फ बादल थापा र महिला तर्फ निता थापा मगर लाई जनही रु १ लाख प्रदान गरिएको थीयो । नगद पुरस्कार सँगै उनिहरुले आसुसेन फिल्म्स बाट अब बन्ने नयाँ चलचित्रमा गाउन समेत पाउने छन । रामशरण पाठकको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, श्रद्धा प्रसाई, सन्तोष सेन लगायतको मुख्य भूमिका रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video