डा. रिजालको गीत सार्वजनिक

आश्विन २, २०७४-स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल गीतकार पनि हुन् । उनले लेखेका थुप्रै गीत चर्चित छन् । यसपालि उनी आफ्ना छोरा, नातिनी र ज्वाइँसहित नयाँ म्युजिक भिडियोमा देखा परेका छन् ।

डा. रिजालले लेखेको ‘सम्बन्ध यो कस्तो…’ गीत आइतबार राजधानीमा लोकार्पण गरियो । शिखर सन्तोषको संगीत रहेको गीतमा रामकृष्ण ढकालले गाएका छन् । यसको भिडियो निर्देशन रिजालका पुत्र डा. कपिलले गरेका हुन् । यसमा अभिनेता सरोज खनालसहित रिजालका नाति र ज्वाइँले अभिनय गरेका छन् ।

सोही अवसरमा डा. रिजालकी नातिनी तारा रिजालले गाएको ‘मलाई नसोध कहाँ दुख्छ घाउ…’ को पनि म्युजिक भिडियो देखाइयो । ताराले नारायणगोपालको उक्त गीतको कभर भर्सन निकालेकी हुन् । यसको भिडियो कपिलले नै निर्देशन गरेका छन् । ‘नारायण गोपाल हामीभन्दा धेरै जेठो हुनुहुन्नथ्यो,’ डा. रिजालले भने, ‘तर, अलि पाको देखिनुहुन्थ्यो । त्यसैले हामी उहाँलाई हजुर, दाइ भनेर सम्बोधन गथ्र्यौं ।’

कान्तिपुर बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video