धमलाको चलचित्र “अनुराग” नगर्ने भए दीपक ले !!!

ॠषि धमलाकी पत्नी एलिजा द्वारा निर्माण गर्न लागिएको चलचित्र “अनुराग” मा अनुबन्दित भाईसकेका मुख्य नायक दीपक घिमिरेले उक्त चलचित्र नगर्ने भएका छन । किन बाहिरिए भन्ने बिषयमा अधिकारिक जानकारी भने आईसकेको छैन ।

चलचित्रको इनिसियल बजेट करीब एक करोड राखिएको छ। काठमाडौं, ईलाम र पोखरमा उक्त चलचित्रको छायाङ्कन गरिने सम्बन्द्धित श्रोत ले जानकारी दिएको छ । लामो समयसम्म नेपाली चलचित्र छेत्रमा मुख्य सहायक निर्देशक का रुपमा कृयासिल सत्यराज चौलागाईले यस चलचित्रको निर्देशन गर्ने छन।

नायिका एलिजा गौतमा नव नायिकाको रुपमा यसै चलचित्रबाट देखा पर्दैछिन । चलचित्रमा एलिजा गौतम, सरोज खनाल, रुपा राणा, निर्मल शर्मा लगायत अन्य कलाकारहरुको अभिनय रहनेछ भने मुख्य नायकको नायकको खोजि भैरहेको छ । चलचित्र कार्तिक को तेश्रो हप्ता देखी फ्लोरमा जानेछ ।

एरिका फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र “अनुराग” एक फरक म्युजिकल लव स्टोरी चलचित्र हो । माया प्राप्तिका लागि गरिने संघर्षमा, मिलनमा खुशी र बिछोडमा रोदन आउने यथार्थपरक कथा हो “अनुराग” ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video