हिरो रिटर्न्स बाट चलचित्र निर्माण को यात्रा तय हुनेछ – निर्माता चन्द्र गौतम

नेपाली चलचित्रको क्षेत्र मा पछील्लो समय हिरो रिटर्न्स चलचित्र निर्माण गरेका निर्माता चन्द्र गौतम ले यो चलचित्र बाट आफुले निकै अपेक्ष्या गरेको बताएका छन। उनले पहिले निर्माण गरेको चलचित्र दमदार औसत मात्र चलेपछी केही समयको बिश्राम लिएका उनी हिरो रिटर्न्स बाट आफ्नो चलचित्र निर्माण को यात्रा तय हुने बताउछन। हिरो रिटर्न्स मा नायीका रेखा थापा र नायक सविना श्रेष्ठको अभिनय रहेको छ। रेखा र सविना को आलावा चलचित्रमा सरोज खनाल, सुलेमान शंकर(ईकु), डि.बि लामा, सुशन श्रेष्ठ, दिल श्रेष्ठ, किरण थापा लगायत को अभिनय रहेको छ। भिम न्यौपाने, शहदेब गौतम, अमित श्रेष्ठ समेत को लगानी रहेको चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन। एक्सन, कमेडी र माया प्रेम को कथा समेटिएको चलचित हिरो रिटर्न्स मङ्सिर अन्तिममा रिलिज गरिने योजना रहेको निर्माता गौतमले बताए।

चलचित्रको बारेमा सुत्र इन्टरटेनमेन्ट ले निर्माता चन्द्र गौतम सँग गरेको कुराकानी हेर्नुहोस्…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video