“नाइलन को सारी” युट्युबमा एक करोड भन्दा बढी पटक हेरियो ….

दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा २’ को बिबादित गीत “नाइलन को सारी” युट्युब मा १ करोड भन्दा बढी पटक हेरिएको छ । ‘छक्का पन्जा २’ यो बर्षको निकै नै प्रतिक्षित चलचित्र मध्य एक हो ।

यस चलचित्रको अर्को गीत पनि निकै हिट छ र ट्रेलर पनि ट्रेन्डिङ नम्बर एक मा पुग्न सफल भएको थियो । गीत र ट्रेलर जस्तै चलचित्रले पनि सफलता पाउछ पाउदैन यो थाहा पाउन असोज ११ प्रतिक्षा गर्नुको बिकल्प छैन । चलचित्रमा दिपकराज गिरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video