हरर जनराको चलचित्र “सुनकेसरी” निर्माण गरिदै …

अेलया नेपाल सनेमाले करिव २ करोडको लगानीमा चलचित्र सुनकेसरी निर्माण गर्न लागेको छ । हरर जनराको यस चलचित्रलाई भिम न्यौपाने र अभिनेत्री ऋचा शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेका छन ।

१८८० मा निर्माण भएको एक अष्ट्रेलियान दरवार हाल बुटिक होटेलमा परिणत हुँदा होटेल भित्र चलचित्रका तीन पात्रले भुतप्रेत संग गरेको क्रियाकलाप अनि त्यसले निम्त्याएको परिस्थिति चलचित्रको कथा हो। चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

चलचित्रमा शर्मिला सापकोटा र धर्म राज अधिकारि सह निर्माताको रुपमा रहनेछन् भने मनोज अधिकारि र अर्पण थापा कार्यकारी निर्माताको रुपमा रहेका छन्।दशैँ अगाडी सम्पूर्ण छायाँकन सकिने बताइएको चलचित्र सन् २०१८ को मध्य सम्ममा देश विदेशमा रिलिज गर्ने तयारी भैरहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video