प्रियान्काको हट लुक्स, फाटेको जुत्ताको अाइटम गीत सार्वजनिक ( फोटो / भिडियो फिचर)

अर्जुन कुमार फिल्मस प्रोडक्सन्ज द्वारा निर्मित चलचित्र ‘फाटेको जुत्ता’को ‘चोली’ बोलको आईटम गीत एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । उक्त गीतमा प्रियन्का कार्की र सौगात मल्ल फिचरिङ्ग छन।

डि पि खनालको शब्द रहेको यस गीतमा मिना निरौला र शंकर थापाको स्वर रहेको छ ।कार्यक्रममा गीत हेर्नेहरु सबैले गीतको खुलेर प्रस्म्सा गरेका थिए ।

चलचित्रमा सौगात मल्ल, प्रियान्का कार्की, कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र बिर्गन्जमा छायान्कन भएको थियो र कलाकार हरुले गर्मी लाई वास्ता नगरेर आफ्नो एनर्जी लेभललाई अलिकती पनि काम नगरि आफ्नो प्रस्तुती दिएको उक्त गीतको भिडियो ले नै प्रस्ट्याएको छ ।

चलचित्रका निर्माता अर्जुनले धेरै मेहनत गरेको र चलचित्रले दर्शकको माया पाउनेमा यस चलचित्रकी नायिका प्रियन्का विश्वाशत छन । चलचित्र फाटेको जुत्ता कार्तिक १७ गते अल नेपाल रिलिज हुनेछ ।
भिडियो कार्यक्रमको

अन्तर्वाता

चोली गीत

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video