“ऐस्वर्य” को ट्रेलर सार्वजनिक (भिडियो सहित)

बैश्णुदेवी फिल्म्स को ब्यानरमा रमेश उप्रेतिको प्रस्तुती रहेको चलचित्र “ऐस्वर्य” को ट्रेलर सार्वजनिक गरिएको छ।

लामो समय पछी पुन नेपाली रजतपटमा फर्किएका रमेश उप्रेती, प्रख्यात मोडल प्रशान्त तम्राकार र नव नायीका दिपिका प्रसाइ केकी अधिकारी र बिकास खतिवडा लगायत कलाकारहरु ट्रेलरमा देखिएका चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं,प्रशान्त ताम्राकार का अलावा केकी अधिकारी, केशव भट्ट्राई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्दु योन्जन, अर्जुन जङ्ग शाही, बिकास खतिवडा, सुनिता ठाकुर, अमित पोखरेल, कृष्ण सिवाकोटी को समेत अभिनय रहेको छ। ऐस्वर्य कार्तिक २ गते लक्ष्मी पूजा को दिन रिलिज हुँदै छ।

चलचित्र ऐस्वर्य मा सुदिप बरालको सिनेमाटोग्राफी रहेको छ भने दिर्घ खड्का ले सम्पादन गरेका छन।अर्जुन पोखरेल र बिराज गौतम को संगीत रहेको चलचित्रमा रामजी लामिछाने, अन्जिला खत्री, र तेन्जु योन्जन को कोरियोग्राफी रहेको छ। हिमाल के.सी को द्वन्द रहेको चलचित्रका सह-निर्माता निर्मल शर्मा हुन भने किरण राणा उप्रेती र अर्जुन श्रेष्ठको संयुक्त रुपमा चलचित्रको नीर्माण गरेका हुन।चलचित्रको बितरण डिजिटल सिनेमा नेपाल ले गर्ने भएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video