गायीका सुविना श्रेष्ठ र बल बहादुर वाईवाको फेरि आयो दशैं तिहार बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ : उदयमान गायीका सुविना श्रेष्ठ र बल बहादुर वाईवाको आवाज रहेको फेरि आयो दशैं तिहार बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । बल बहादुर वाईवाको शब्द तथा संगीत रहेको उक्त गीतमा सुन्दर लामाको संगीत संयोजन रहेको छ ।

स्वरलिपी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन् । चर्चित मोडल करिष्मा ढकाल र ईश्वर बल्लव उप्रेतिको उत्कृष्ट अभिनयलाई देख्न सकिने यस भिडियोमा विक्रम लामाको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफि रहेको छ । भक्तपुर निवासी गायीका सुविना श्रेष्ठको दोस्रो कोसेली रहेको यो दशैतिहार सम्वन्धि गीत अत्यन्तै मर्मस्पर्शि रहेको छ ।
भिडियो हेर्नुहोस् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video