चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज, कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने (भिडियो सहित)

चलचित्र “तान्द्रो” को ट्रेलर रिलिज गरिएको छ । चलचित्रमा द्वन्दकालिन मुद्दा उठाइको छ ।
चलचित्रमा दयाह्याङ राई,रामबाबु गुरुङ,मणीराम पोखरेल,बुद्दी तमाङ, राजन खतिवडा,सरस्वती चौधरी,जुनु विष्ट,सम्राट थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
सम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट उपेन्द्र सुब्बाले लेखेका हुन । चलचित्रको निर्माता सतीस कुमार गौतम हुन भने छायाङ्कन पुरुषोत्तम प्रधान र द्वन्ध कुमार महर्जनले गरेका छन ।
ब्ल्याक हर्स पिक्चर्स प्रा लि को ब्यानरमा बनेको चलचित्र कार्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video