दशैँ तिहारमा घर जान नपाउँदा को कथा भिडियोमा

नेपालीहरु को महान् चाड बडा दशैँ तथा दिपावली को आगमनसंगै, यस चाडले लिएर आउने खुशी, उमङ्ग समेटेर गायक रमेस थनेत को एकल आवाजमा सजिएको “आयो दशैँ आयो तिहार” बोलको गीतको म्यूजिक भिडीयो हालैमात्र सार्वजनिक भएको छ। यज्ञप्रसाद भट्टराईको शब्द रचना रहेको गीतमा संगीत संयोजन चर्चित म्यूजिक एरेन्जर दिनेश श्रेष्ठले गर्नु ’भएको छ भने गीतका संगीतकार केशबराज आचार्य तथा गाएक रमेस थनेत हुन् । . बाध्यताले कामको सिलसिलामा विदेशिएका नेपाली दाजुभाई आफ्नो देश फर्कि आफ्नो परिवार तथा साथी भाइसँग चाडबाड मनाउन आउन नपाउदा मनमा उत्पन्न हुने तरङ्गलाई म्यूजिक भिडीयो मार्फत सुन्दर तरिकाले देखाईएको छ । आरजेस रेग्मी , सन्ध्या,बलराम,बिक्रम आदि कलाकारहरु को बेजोड अभिनय रहेको उक्त म्यूजिक भिडीयो को क्यामेरा मेन उदाउदाँ छायाङ्कार सुलभ अधिकारी हुन भने अहिलेको युवा पुस्ताको लोकप्रिय सम्पादक प्रदिप दहालले भिडीयो सम्पादन गरेका छन् ।गीतको म्यूजिक भिडीयोलाई हेटौँडा, चितवन, नवलपरासी तथा काठमाण्डौ को सुन्दर तथा आकर्सक स्थानमा कैद गरिएको भिडीयो निर्देशक रमेस थनेतले बताउनु भयो। .दशै तिहारको अवसरमा रिलिज गरिएको उक्त गीतको उत्क्रिस्ट म्यूजिक भिडीयोलाई rass  creation & entertainment ले बजार व्यवस्थापन गरेको छ भने उक्त गीत तथा भिडीयो नेपाली स्रोता तथा दर्शकमाझ सदाबहार हुने कुरा मा आफु बिस्वस्त रहेको कुरा rass creation & entertainment का म्यनेजिंग डिरेक्टर आशिष घिमिरे ले बताउनु भयो ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video