न्यौपानेको ‘चार कदम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं– गायक अबिनास न्यौपानेको दोस्रो एल्वममा समाबेश ‘चार कदम’ वोल रहेको पप गीत सार्वजनिक भएको छ ।
यस गीतलाई विश्वबन्धु न्यौपानेको लेखेका हुन्, भने हरि कंडेलले संगीत भरेका हुन् । जसमा बिनय केटुको संगीत संयोजन रहेको छ ।
छोटो समयमा दर्शक तथा स्रोताहरुको मन जित्न सफल न्यौपानेले केही समयअघि निलो आकाश, मायालु, झिल्के साइलोलगायतका गीति एल्वमहरु बजारमा ल्याएका थिए । उनको प्रायः एल्वमहरु चर्चित छन् ।
निर्देशक दिनेश बस्नेतको निर्देशनमा गीतको निकै राम्रो म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई सुलभ अधिकारीको छायांकन गरेका छन् भने भिम बिसीले सम्पादन गरेका छन् ।
‘वी वान क्रिउ’को उत्कृस्ट नृत्य रहेको यस गीतको म्युजिक भिडियोमा निखिल बिसीको कोरीयोग्राफी रहेको छ ।
भिडियो लिंक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video