अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को फस्ट लुक पोष्टर तथा ट्रेलर रिलिज भएको छ । काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक तथा ट्रेलर रिलिज भएको हो ।
नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरको प्रमुख आतिथ्यतामा अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक रिलिज भएको हो। प्रथम चलचित्र पत्रकार तुलाधरले चलचित्रको टे«लरको स्वीचअन गरेर वल्र्डवाइड रिलिज गरेका थिए। साथमा अग्रज पत्रकार तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राईले चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन्।
लगभग पोष्ट–प्रोडक्सनको सवै काम संपन्न भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव चाँडै रिलिजको क्रममा रहेको छ। यसको तयारीको क्रममा रहेको तीन निर्माता मध्येका नेपालमा रहेकी एक निर्माता मञ्जु रानामगरले भनेकी छन् । ठूलो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविक कथा र उनीहरुको अमेरिका भोगाईको यथार्थता चलचित्रमा हेर्न र देख्न पाइने चलचित्रको पोष्टर रिलिजको क्रममा चलचित्रको नेपाल संयोजक श्याम स्मृतले भनेका छन् ।
ईश्वर थापाको सम्पादन तथा निर्देशन रहेको छ । सुरेन्द्र नकर्मीको लेखन तथा शंभु मोक्तानको छायाँकन रहेको यस चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती, कृष थापा लगायतका कलाकारका साथमा नेपालका चर्चित गायक तथा नायक बाबु बोगटीको पनि विशेष भूमिका रहेको छ । निर्मातामा राजेश गुरुङ, संझना उप्रेती र मञ्जु रानामगर रहेका छन् । निर्माण कंपनी ड्रिम्स गेट फिल्मस् प्रा.लि रहेको छ ।

यस चलचित्रको ट्रेलर Dreams Gate Nepal युट्युब च्यानलमा गएर निम्न लिङकमा गएर तपाईहरुले हेर्न सक्नु हुन्छ–

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video