‘वेस्मा लाङ्योक २’हुने

काठमाडौं । विशुद्ध लिम्बू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वध्र्दनको लागि सकृय याक्थुङ हाक्पारे पालाम सयङको आयोजनमा ‘वेस्मा लाङ्योक २’ हुने भएको छ । गत वर्र्ष वेस्मा लाङ्योक (फरक पाईला) नामक बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको छ । यस वर्ष लिम्बु संस्कृतिमा आधारित ‘वेस्मा लाङ्योक २’ गर्न लागेको जानकारी संस्थाका महासचिव शैलेन्द्र थेबेव्दारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
संस्थासँग आवध्द तथा आवध्द नरहेका करिव सय जना भन्दा बढी कलाकारलाई एकैपटक मञ्चमा उतार्ने लक्ष्य आयोजकले लिएको छ । आगामी माघ ६ गते शनिबार राष्टिृय नाचघर जमलमा हुने कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राईव्दारा संगीतबध्द एक दर्जन लिम्बु भाषाका गीत प्रस्तुत गरिनुका साथै लिम्बुहरुको मौलिक नाच च्याब्रुङ, धान नाच, हाक्पारे, पालाम, ख्याली र तङसीङ तक्मा यबा फेदाङमाहरुको छुट्टै प्रस्तुती, मौलिक भेषभूषा, लोप हुन लागेका मौलिक सामग्रीहरुको सजावटका कारण पनि उक्त कार्यक्रम ऐतिहासिक हुने अनुमान गरिएको छ । सम्पूर्ण कार्यक्रम राष्टिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यावस्था मिलाईएको याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङले जानकारी गराउनु भयो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video