नेपाल अाइडल टप ३ विश्व यात्रा युएई बाट सुरु हुने, साथमा हुने छन यि कलाकारहरु

काठमाडौँ : नेपालको सर्वाधिक चर्चीत रियालिटी शो नेपाल आइडलका उत्कृष्ट तीन (टप ३ )को सांगीतिक बिश्व यात्रा यूएई बाट सुरु हुने भएको छ । नेपाल आइडलका विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दास सांगीतिक कार्यक्रमका लागि यूएई जानी भएका हुन ।

उनीहरुले अक्टोबर ६ तारिख शुक्रबार अबुधाबीमा आफ्नो प्रस्तुति दिएर धमाका मच्याउने भएका छन भने दुबईमा अर्को दिन अथार्त शनिबार अक्टोबर ७ तारिखमा आफ्नो प्रस्तुति देखाउने भएका छन ।

नेपाल आइडलका टप ३ विजेताहरुले पहिलो शो बेलायतमा नोभेम्बरमा गर्ने भनेर समाचार बाहिर आएता पनि त्यसको ठिक एक महिना अगाडी नै उनीहरुले यू ए ई मा आफ्नो प्रस्तुति राख्न लागेका हुन् ।यस अर्थमा विश्वभरका लाखौं दर्शकले उनीहरुलार्इ सुन्न र हेर्न चाहे पनि पहिलो अवसर यूएईवासी नेपाहलीहरुले पाउने भएका छन।

एभरेस्ट मिडियाको ब्यानरमा हुन लागेको उक्त कार्यक्रममा नेपाल आइडलका टप ३ विजेता सँगै नेपाल आइडलकै प्रतियोगी प्रमिला राई र अफसर अलीले आफ्नो प्रस्तुति दिने भएका छन ।

प्रमिलाले यस अघि पनि यूएईमा स्टेज तताई सकेकी छन् ।कार्यक्रम उद्घोषणको लागि शुशिल नेपाल र सुदीप पोखरेल आउने छन् भने विशेष प्रस्तुतिको रुपमा गायीका तृष्णा गुरुङ समेत रहने छिन ।

अबुधाबीमा हुने कार्यक्रम अबुधाबी कन्ट्री क्लब स्टेडियममा आउँदो शुक्रबार ३ बजे देखि १० बजे सम्म हुनेछ भने दुबईमा आउँदो शनिबार बेलुका ७ बजे देखि बिहान ३ बजे सम्म रोयल अस्कोटमा रहेको स्प्री द क्लब हुनेछ ।

आयोजकले कार्यक्रमका लागि टिकट दर ५० , १०० ,२०० र ५०० दिराम राखिएको छ । टिकट तथा थप जानकारीको लागि दुबईमा ०५०९०६३८२३ ,०५०३९५४३७३ र अबुधाबीमा ०५५६२१९५५३ ,०५६४७४०३१४ मा सम्पर्क गर्न सकिनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video