“उमन इन कन्सर्ट २०१७” का लागि गायीका आस्था राउत अमेरिका जादै

इन्करेजिङ इङ्गेजिङ इम्पावरिङ्ग उमन थ्रु म्युजिक” भन्ने नाराका साथ थ्री.ई इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न हुन लागेको “उमन इन कन्सर्ट २०१७” का लागि गायीका आस्था राउत अमेरिका टुरमा जाने भएकी छिन्।

२२ दिन लामो साङ्गितिक टुरमा उनी अमेरिका जान लागेकी हुन। अक्टोबर ७ तारिक बाट सुरु हुने उनको साङ्गितिक टुर अक्टोबर २९ तारिक सम्म चल्ने छ। सो अबधीमा उनले अमेरिका का ९ भिन्न-भिन्न स्थानमा हुने साङ्गितिक कार्यक्रममा सहभागिता जनाउने छिन्। आस्था संगै उक्त टुरमा मिस नेपाल मलिना जोशी, अभय एण्ड द स्टिम इन्जन्स सहभागि हुनेछन। कन्सर्टहरु: अक्टोबर ७ मा सिन्सिनाटी, सेन्ट लुईस अक्टोबर ८, एट्लान्टा अक्टोबर १५, बोस्टन अक्टोबर १७, न्यू योर्क अक्टोबर २०, वासिङ्टन डि.सि अक्टोबर २०, बाल्टिमोर अक्टोबर २२, ड्यालस अक्टोबर २७ र ओक्लोहामा सिटीमा अक्टोबर २९ तारिकमा हुँदै छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video