पिडामा नायिका नीता ढुंगाना (भिडियो सहित)

निर्माता रबि अधिकारीको जन्म दिनको अवसर पारेर बिहिबार चलचित्र ‘पञ्चायत’ को पहिलो गीति भिडियो “छोरी को कर्म” रिलिज गरिएको छ । रिलिज भएको उक्त गीतमा निर्देशक शिवम अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ ।

‘पञ्चायत’ फागुन १७ गते बाट प्रदर्शनमा आउने यस चलचित्रमा नायिका नीता ढुंगाना ले निकैनै मार्मिक चरित्र निर्बाह गरेको उक्त गीतमा देखिएको छ । यस चलचित्रमा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायत कलाकारकरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video