शुक्रबारदेखि उपत्यका बाहिर मेरो पैसा खोई

दसैंको फूलपातीदेखि अर्थात् असोज ११ गते बाट काठमाडौं उपत्यकाका भित्र प्रदर्शनमा आएको चलचित्र मेरो पैसा खोई, शुक्रबारदेखि उपत्यका बाहिरका हलहरुमा प्रदर्शन भएको छ। चलचित्र छक्कापञ्जा दुईसँगै प्रदर्शनमा आएको मेरो पैसा खोइले एक साताको छोटो समयमा प्रदर्शन गर्ने निर्णय गरेकाले पनि पर्याप्त प्रचार–प्रसार गर्न सकेन। जबकि यसमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ जस्ता कहलिएका कलाकारले काम गरेका छन्।

रोज राणाको निर्माण तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रकी निर्मात्री उमा केसी हुन् भने रुपक राना र रुपम राना सहनिर्माताको रूपमा रहेका छन्। काठमाडौँमा अपेक्षाकृत व्यापार गर्ने नसकेको चलचित्रले मेरो पैसा खोईले दर्शकदिर्घाबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। चलचित्र मेरो पैसा खोई हास्य प्रधान चलचित्र हो जसमा शरीर बेचेर जीवन गुजारा गरिरहेकी एक युवतीको प्रेमकथा हेर्न पाइन्छ।

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video