भिमफेदी गाइजलाई मन पर्यो दाइको साली

द्वन्दकालमा दुबै हात गुमाएका गायक तथा संगीतकार टिका बम्जनको नयाँ गीत ‘फूल बारीमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक बम्जनको शब्द तथा संगीतमा तयार भएको ‘फूल बारी’मा बोलको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो।

विसं २०५९ मा द्वन्दकालमा दुबै हात गुमाएका बम्जनले करिव ६०० भन्दा बढी गीतमा संगीत दिइसकेका छन्। उनले भारतीय संस्था ’यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड’बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए। यसअघि उनले चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत र चर्चीत ‘भिमफेदी गाइज’ समुहको गीतमा समेत संगीत दिइसकेका छन्। भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन्। म्युजिक भिडियो यूट्युबमा तिन लाख भन्दा बढीदर्शकले हेरिसकेका छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video