‘छक्का पञ्जा २’ को लोभ लाग्दो ब्यापार , एघार दिनमै दश करोड ग्रस कलेक्सन….

चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा २’ ले प्रदर्शनको एघार दिनमा दश करोडको ग्रस कलेक्सन गरेको छ ।  त्यस्तै प्रदर्शनको एक सय दिन पुरा गरेको ‘छक्का पञ्जा’ले १७ करोडको ग्रस व्यापार गरेको थियो । यसरी नै दर्शकको साथ पायो भने ‘छक्का पञ्जा २’ ले दुई सातामै ‘छक्का पञ्जा’को एक महिने व्यापारिक रेकर्ड तोड्ने अन्दाज गर्न सकिन्छ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ । चलचित्रमा गौरव पहारी, रवि ढंगोल, आयुष्मान देशराज लगायतका कलाकारलाइ पनि केमियो भूमिकामा देख्न सकिन्छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video