चलचित्र”रानी” र “रुद्रप्रिया” को रिलिज मिती नजिकिदै, कसले मार्ला बाजी ??

दयाराम दहाल निर्देशित चलचित्र ‘रानी’को रिलिज मिती नजिक आईरहेको बेला कलाकारहरुले फेसबुक मार्फत रानी को प्रोमोसन गरिरहेका छन  । “रानी” का दुई नव नायकको कामहेर्न पनि दर्शक आतुर छन त्यसैगरी  मेलिना र अनुप सँगइ एउटै स्क्रिनमा देखिनेभएको ले पनि यो चलचित्रलाई प्रतिक्षित बनेको छ । । चलचित्रले कत्तिको सफलअता पाउछ त्यो थाहा पाउन त रिलिज मितीनै पर्खिनुपर्ने हुन्छ । कार्तिक २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रानी’  रेखा थापाको रुद्रप्रिया सँग भिड्ने भएको छ ।

रानी र रुद्रप्रिया दुबै लक्ष्मी पूजाका दिन रिलिज हुने घोषणा भएको छ । चलचित्र रानी मा मलिना जोशी शिर्ष भूमिका रानीको रुपमा प्रस्तुत भएकी छिन् भने नायक अनुपविक्रम शाही, नव नायकहरु सारुक ताम्राकार मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म रानी लाई भानु महर्जनको निर्माण गरेका हुन् ।

यता रुद्रप्रिया टिमले भने रिलिज मिती नजिकिदै गर्दा  पत्रकार सम्मेलन गरेको छ । उक्त पत्रकार भेटघाट कार्यक्रममा रेखा र आर्यन लाई आठ बर्षको ग्याप पछी एउटै चलचित्रमा ल्याए भन्ने कुरा खुलाएका छन । रुद्रप्रियाको लागि रेखा र आर्यन नै फिट हुनेभएकाले नायक आर्यन र नायिका रेखा सँग निर्माताले कुरा गरेपछी दुबै जना यस चलचित्रमा काम गर्न राजी भएका हुन ।

कार्तिक २ गते यानिकी लक्ष्मी पूजाको दिन देखी प्रदर्शनमा आउने रेखा थापाको ‘रुद्रप्रिया’ निकै नै प्रतिक्षित चलचित्र बनेको छ । । रेखा र आर्यन को जोडी आठ बर्ष पछी सँगै जोडीएको कारण पनि दर्शक यो चलचित्र हेर्न आतुर छन ।

दर्शकहरुले यि दुईको केमेष्ट्री  निकै रुचाउने गरेका थिए । ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video