यो तिहारमा चलचित्र “फाटेको जुत्ता” टिमले बाड्ने भयो नयाँ जुत्ता, नयाँ जुत्ता पाउन के गर्नुपर्छ ???

अर्जुन कुमार फिल्मस प्रोडक्सन्ज द्वारा निर्मित चलचित्र ‘फाटेको जुत्ता’ ले तिहारको अबवसर पारेर तिहारको शुभकामना सहित लक्की ड्र योजना ल्याएको छ । अब नयाँ जुत्ता किन्न भन्दा पनि आफुसँग भएको पुरानो जुत्ता लाई फेसबुकमा अपलोड गर्दा तिहार अझै रमाइलो हुनेभएको छ ।

नयाँ जुत्ता पाउनको लागि आफुसँग भएको फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरी उक्त पोस्ट फाटेको जुत्ता टिम अथवा फाटेको जुत्ताको पेज लाई ट्याग गर्नुपर्ने हुन्छ । यो योजना मा यस चलचित्र टिमले २५० जना लाई नयाँ जुत्ता प्रधान गर्नेछ । लक्की ड्र मार्फत छानेको २५० जना बिजेतालाई घरैमा जुत्ता पुराउने(नेपाल भरी) टिमले जानकारी दिएको छ ।

चलचित्रमा सौगात मल्ल, प्रियान्का कार्की, कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र बिर्गन्जमा छायान्कन भएको थियो र कलाकार हरुले गर्मी लाई वास्ता नगरेर आफ्नो एनर्जी लेभललाई अलिकती पनि काम नगरि आफ्नो प्रस्तुती दिएको उक्त गीतको भिडियो ले नै प्रस्ट्याएको छ ।

चलचित्रका निर्माता अर्जुनले धेरै मेहनत गरेको र चलचित्रले दर्शकको माया पाउनेमा यस चलचित्रकी नायिका प्रियन्का विश्वाशत छन । चलचित्र फाटेको जुत्ता कार्तिक १७ गते अल नेपाल रिलिज हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video