आउने दसैंका लागि उपहार ‘छक्का पञ्जा ३’ , निर्देशन दीपाको नै रहने …

छक्का पन्जाको सफलता पछी ‘छक्का पञ्जा ३’ बन्ने भएको छ । अघिल्ला सिक्वेलहरु जस्तै यो चलचित्रको निर्देशन पनि दीपा श्री निरौलालेनै गर्ने टिम को जानकारी छ ।

‘छक्का पञ्जा ३’ को प्रि-प्रोडक्सन कार्य सुरुभैसकेको र चलचित्र आउने दशै को फुलपातिमा रिलिज गर्ने निर्माण टिम ले बाटएको छ । सिक्वेल मा निकै राम्रो सफलता पाएको र एही हौसलाले अर्को सिक्वेल बनाउन लागेको हो ।

छक्का पन्जा २ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ ।

चलचित्रमा गौरव पहारी, रवि ढंगोल, आयुष्मान देशराज लगायतका कलाकारलाइ पनि केमियो भूमिकामा देख्न सकिन्छ भने अब बन्ने सिक्वेलमा को को कलाकार अटाउलान ? यो भने कौतुहलको बिषय बनेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video