अभिनेत्री रेखा थापाको कार दुर्घटना

चलचित्र रुद्रप्रियाको प्रमोसनमा ब्यस्त नायिका रेखा थापा एक अन्तर्वाता दिएर आफु बश्ने अपार्ट्मेन्टमा फर्किदैगर्दा आफु सवार कार दुर्घटना मा परेकी छन । मित्रपार्क स्थित अम्बे अपार्टमेन्टमा बस्ने उनिलाई आफ्नो फ्ल्याट नजिकै(चबहिल) आईपुग्दा आज दिउसो १२ बजे टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर फर्कने बेला ट्रकले उनको कारलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट थापा घाइते नभए पनि उनको कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ ।कारको अधिकाश भागमा क्षति पुगेको भएपनी रेखालाई भने कुनै शारीरिक क्षति नभएको बताइएको छ । रेखा र ट्रक चालक यतिबेला गौशाला प्रहरी वृत्तमा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video