गम्भिरको नशालु हेराइले एलिशा घायल, गायिका यशोदाको नया“ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ, २०७४ अशोज २६ । गायिका यशोदा खालिङ राईको नया“ गीत ‘नशालु तिम्रो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतलाई विशा चौतारी मिडिया प्रालीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायिका यशोदाको एल्बम ‘यशोदा–२’मा समावेश गीतमा आसुतोष राईको शब्द, दिनेश न्यौपानेको संगीत तथा एरेञ्ज रहेको छ ।
सार्वजनिक भएको म्युजिक भिडियोलाई कोरियोग्राफर तथा मोडल गम्भीर विष्टले निर्देशन गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त मोडल एलिशा राई र निर्देशक स्वयम गम्भिर फिचरिङ छन् ।

निकै रामान्चक अनी कलरफुल बनेको म्युजिक भिडियोमा अभिनेत्री एलिशाको नृत्य देख्न सकिन्छ । साथै एलिशा र गम्भिरको क्यामेष्ट्रिपनि तारिफ योग्य रहेको छ ।

यस म्युजिक भिडियोलाई अहिलेका अर्का चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेका छन् । यस म्युजिक भिडियोलाई नविन निरौलाले सम्पदन तथा कलर गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video