सुरज थापाको “जन्मदिनको शुभकामना” सार्वजनिक (भिडियो सहित)

नेपाल आईडलका प्रतिसप्रधी सुरज थापा एक पछी अर्को गीतको साथ दर्शक सामु आईरहेका छन । सुरजको कम्पोज रहेको गीत “जन्मदिनको शुभकामना” गीत युट्युब मार्फत सार्बजनिक भएको छ । एल्बम अनुभुतीका लहरहरु मा समाबेश हुने यस गीतमा टिका प्रसाइ र बिराज गौतमको स्वर रहेको छ भने यस लिरिकल गिती भिडियो लाई दीपेन्द्र घिमिरेले ईडिट गरेका छन । भरत मल्ल को शब्द रहेको यस गीत लाई उदय राज पौडेल ले अरेन्ज गरेका हुन ।

संगीत मै केही गर्छु भन्ने अठोटका साथ नेपाल आईडलमा सहभागि भएका थापाको नेपाल आईडल यात्रा टुङ्गिएको भए पनि सांगितिक यात्रा भने टुङ्गिएको छैन । “आमा ले सोध्लिन नि” गीत गाएर नेपाल आईडल को प्रथम सन्स्करणको सबै भन्दा उत्कृष्ट प्रस्तुती दिएका सुरज थापा दर्शकको औधी माया पाउदा पाउदै पनि आईडल बाट बाहिरिनु परेको थियो ।  नेपाली संगीतको क्षेत्रमा अनबरत लागिपरेका सुरज थापा पछील्लो समय नेपाल आईडलमा सहभागि भएर निकै चर्चामा आएका छन ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video