“ए मेरो हजुर २” को सिर्स गीत “कसम हो कसम” लाई हेरियो एक करोड पटक

अहिले सुपर्हिट भएका चलचित्र मध्य एक चलचित्र ‘ए मेरो हजुर २’हो । यस चलचित्रको शिर्ष गीतको भिडियोलाई युटुवमा एक करोड बढी पटक हेरिएको छ ।कसम हो कसम बोलको गीत युटुवमा अपलोड भएको करिब साढे ६ महिनामा एक करोड भन्दा बढी पटक हरिएको हो ।

झरना थापाको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अनुभब रेग्मी सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको उत्कृष्ट पक्ष भनेको कमेडी र योङ लभ स्टोरी नै हो। चलचित्र हेर्न पुगेका सबै चलचित्रकर्मीले लामो समय पछी एउटा उत्कृष्ट चलचित्र हेर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video