‘कु कु कु’ भन्दै कम्मर भांचे निखिलले (भिडियो सहित)

दरबारमार्ग स्थित राइजिङ मलमा एक कार्यक्रम आयोजना गरी  हिमाल के सी द्वारा निर्देशित चलचित्र “पिँजडा” को “कु कु कु” बोलको गिती भिडियो सार्वजनिक गरिएको छ । गीतमा नेपाली ठेट भाषाको प्रयोग गरिएको छ ।

राजन राज सिवाकोटीको शब्द र संगीत रहेको उक्त गीत लाई राजन राज सिवाकोटी र अन्जु पन्तले गाएका छन । नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली रहेको यस गीतमा राम जि लामिछने को कोरियोग्राफी रहेको छ ।

ओम साइ मौलाकालिका प्राईभेट लिमिटेड र ओम साइ भक्त प्राइभेट लिमिटेडको संयुक्त प्रस्तुती रहेको यस चलचित्रलाई रोहित पुरी, चन्द्र बहादुर छेत्री र गोबिन्द गैरेले निर्माण गरेका छन ।

चलचित्रमा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता के सी, पुकार भट्टराई, जक्क श्रेष्ठ, भोला सापकोटा, कुशग्र भट्टराई, बिना थापा लगायत कलाकार हरुको अभिनय रहेको छ । चलचित्र माघ ४ गतेदेखी अल नेपाल रिलिज हुनेछ ।
कार्यक्रमको भिडियो

भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video