७६ देशका प्रतियोगी रहेको मिस ग्रान्ड इन्टरन्यासनल २०१७ को भेष–भुषा राउन्डमा नेपाललाई जिताउन यसरी भोट गर्नुस…( फोटो सहित )

काठमाडौं असोज, २७–
सेप्टेम्वर १७ बाट भियतनाममा ‘ मिस ग्रान्ड इन्टरनेश्नल २०१७’ प्रतियोगिता सुरु भैरहेको छ ।
उक्त प्रतियोगितामा ७६ देशका प्रतियोगिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितमा नेपालले समेत सहभागीता जनाएको छ । नेपालबाट जेनस लामाले प्रतियोगितमा सहभागिता जनाएकि हुन् ।

प्रतियोगिता अन्र्तगत अहिले राष्ट्रिय भेष भुषा राउन्ड सुरु भएको छ । भेष भुषा राउन्ड प्रतियोगितामा जम्मा २५ जना उत्कृष्ट छानिने छन् । त्यसरि छानिने २५ जना मध्ये १५ जना भोटिङबाट तथा १० जना निर्णायकको निर्णयबाट छानिने छन् ।

भोटिङद्वारा उत्कृष्ट राष्ट्रिय भेष भुषा झल्काउने सहभागी चयन गर्न दर्शकहरुको पनि उतिकै महत्व रहने छ ।
भियतनामि समय अनुसार आजबाट खुला गरिएको भोटिङ अक्टुवर १५ बेलुका ९ बजेसम्म जारी रहने आयोजकको भनाई छ ।


आयोजकका अनुसार भोटिङ गर्दा आफूलाई मनपरेको प्रतियोगिको फोटो लाईक गरेकमा १ प्वाईन्ट तथा सेयर गरेमा ३ प्वाईन्ट प्राप्त हुनेछ । लाईक तथा सेयर यहि एल्बमको फोटोमा मात्र गर्न सकिनेछ ।


उत्कृष्ट छानिने २५ प्रतियोगि मध्ये धेरै भोट प्राप्त गर्ने १५ जना छानिने छन् भने १० उत्कृष्ट निर्णयकको निर्णयबाट छानिने छन् ।

फेरि अक्टुवर १६ देखि २० सम्म अर्को चरणको भोटिङ सुरु हुनेछ । उक्त भोटिङले जम्मा २५ जनाबाट १० उत्कृष्ट प्रतियोगिहरुको छनौट गर्नेछ ।

अक्टुवर २५ मा ‘ मिस ग्रान्ड इन्टरनेश्नल २०१७’ को उपाधी जित्ने उत्कृष्ट प्रतियोगि घोषणा गर्दै अन्तिम प्रतियोगिता भियतनामको फुकुक आईल्यान्डमा हुने आयोजकको भनाई छ ।
भोटका लागि यो फोटो क्लिक गर्नु होला

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video