सबैलाई चिन्छन् तर बोल्न सक्दैनन् कादर खान,अब यस्ता देखिन्छन् यि लिजेण्ड

 

२७ असोज २०७४,काठमान्डौ । थुप्रै बलिउड फिल्ममा भिन्न भिन्न भूमिकामा देखिने कादर खान आजकाल क्यानडामा आफ्ना छोरा बुहारीसँग बस्छन् । अब उनी बिना सहारा कतै पनि हिँड्न सक्दैनन् भने बोल्न उनलाई समस्या छ । केही समय अघि उनकी बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा उनलाई बोल्न समस्या भएको बताएकी छिन् । उनी बुहारी र छोरा सरफराजको कुरामात्र बुझ्न सक्ने उनले बताए । कादर खानले सबैलाई चिन्ने उनले बताएकी छिन् ।

कादर खान ७९ वर्ष भएका छन् । शाइस्ताका अनुसार उनी आफ्नी दुई छोरी साइमा र हम्जासँग मिलेर उनलाई एक बच्चालाई जसरी हेरबिचार गरिरहेकी छिन् ताकि उनलाई कुनै प्रकारको असुविधा नहोस् ।

यी फिल्ममा गरे कामः

कादर खानले आफ्नो करियरको सुरुवात सन् १९७२ मा रिलिज भएको फिल्म ‘दाग’ बाट गरेका थिए । यसका साथै उनले ‘अदालत (१९७६), परवरिश (१९७७), दो और दो पाँच (१९८०), याराना (१९८१), खूनका कर्ज (१९९१), दिल हि तो हे (१९९२), कुली नं वान (१९९५), तेरा जादू चलगया (२०००), किल दिल (२०१४) लगायतका फिल्ममा काम गरेका छन् । उनी अन्तिम पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘हो गया दिमागका दही’ मा देखिएका थिए ।एजेन्सी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video