‘इनास फिल्म अवार्ड’ २०७४ सम्पन्न, यी हुन् विजेता (भिडियो सहित)

 

२८ असोज २०७४,काठमान्डौ‘इनास फिल्म अवार्ड’ २०७४ शुक्रबार राजधानीमा सम्पन्न भएको छ । दुई दशकदेखि वार्षिकरुपमा ईमेज च्यानलले वार्षिकरुपमा आयोजना गर्दै आएकोे सांगीतिक क्षेत्रको उत्सव  अवार्डको १९औं संस्करण हो ।

अवार्डमा गत वर्ष प्रदर्शनमा आएका चलचित्रमा ‘जात्रा’ बाट विपिन कार्की र ‘जात्रा’ बाट सिर्जना सुब्बाले उत्कृष्ट नायक र नायिकाको रुपमा बाजी मारे । उत्कृष्ट फिल्मको अवार्ड पनि ‘जात्रा’ले नै कब्जा जमायो ।

जुरी अवार्ड उत्कृष्ट फिल्ममा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दीपेन्द्र के खनाललाई अवार्ड प्रदान गरिएको थियो । ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो भने राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

‘पाँचौ इनास फिल्म अवार्ड’ विजेता

१, उत्कृष्ट चलचित्रः जात्रा

२, उत्कृष्ट निर्देशकः मिलन चाम्स (वीर विक्रम)

३, उत्कृष्ट नायकः विपिन कार्की (जात्रा)

४, उत्कृष्ट नायिकाः श्रृजना सुब्बा (डाइङ क्यान्डल)

५, उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ (पुरानो डुङ्गा)

६, उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत (छक्का पन्जा)

७, उत्कृष्ट नव–अभिनेताः सुरज खड्का (लभ लभ लभ)

८, उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन (विर विक्रम)

९, उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला (छक्का पन्जा)

१०, उत्कृष्ट खलपात्रः सौगात मल्ल (लूट–२)

११, उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पन्जा)

१२, उत्कृष्ट पटकथाः दीपेन्द्र लामा (घामपानी)

१३, उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बू (वीर विक्रम)

१४, उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त (छक्का पन्जा)

१५, उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी (छक्का पन्जा)

१६, उत्कृष्ट शब्दः दयाराम पाण्डे (पलाँस)

१७, उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल (डाइङ क्यान्डल)

१८, उत्कृष्ट सम्पादनः मित्र गुरुङ (जात्रा)

१९, उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पन्जा)

२०, उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती (लुट–२)
हुर्नुहोस् कार्यक्रम यस्तो रह्यो

भिडियो…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video