अमेरिकामा मस्ति गर्दै नीता के फर्किन्छिन त नेपाल ? ( फोटोफिचर )

केहि दिन पहिले सम्पन्न एक फिल्म फेस्टिभलमा सहभागी हुन अमेरिका पुगेकी अभिनेत्री नीता ढुङ्गाना यतिबेला होलिडे मुडमा छिन् । उक्त कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि थप प्रफुल्लित देखिएकी नीताले सामाजिक सञ्जालहरुमा सेयर गरेका तश्विर तथा भिडियोहरुले नै उनको दैनिकी बोलिरहेको छ ।

पहिलो पटक अमेरिका पुगेकी नीता घुमघाममा व्यस्त छिन् प्राप्त तश्विरहरु यहि बोल्छन् ।

सुत्र ईन्टरटेन्मेन्टसँगको कुराकानीमा नीताले अबको एक हप्तापछि अर्थात यहि नोभेम्बर १३ तारिखमा नेपाल फर्किने बताईन् । नेपालमा केहि अनलाईन मिडियाहरुमा नीता ढुङ्गाना पनि अमेरिका पलायन भएको भन्ने प्रकारमा समाचार आईरहँदा त्यसको खण्डन गर्दै नीताले आफु कहिल्यै अर्काको देशमा नबस्ने भन्दै नेपाल, नेपाली फिल्म र नेपाली दर्शक नै आफ्नो जीन्दगी रहेको बताईन् ।

पछिल्लो पटक फिल्म अभिनयसँगै मोडलिङमा व्यस्त नीता राम्रै व्यस्त अभिनेत्रीको सुचीमा गनिन्छिन् । गत बर्ष रिलिज ‘निर्भय’पछि ठूलो पर्दामा नदेखिएकी नीताले अभिनय गरेका ‘पञ्चायत’, ‘करोडपति’ रिलिज हुन बाँकी फिल्ममा पर्छन् भने उनले छिट्टै नै निर्माणमा समेत हात हाल्ने तयारी गरिरहेकी छिन् ।
फोटो फिचरः






सुत्र ईन्टरटेन्मेन्ट गरियको इन्टरभ्यूः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video