सोनिया केसि भईन इन्टर स्कुल डान्स कम्पिटिसन २०७४को बिजेता

काठमाडौँ : तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा मनकामना म्युजिक कृयसनले सँयुक्त रुपमा आयोजना गरेको इन्टर स्कुल डान्स कम्पिटिसन २०७४ को पहिलो संस्करणको कार्तिक १८ गते शनिवारका दिन ग्राण्ड फिनाले सकिएको छ । काठमाडौ नेपाली कांग्रेस पार्टिका हालका सचिव रहनु भएका राजकुमार नकर्मिको हातबाट दिप प्रज्वलित गरि उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । त्रिभुवन बिश्व बिद्यालयको अडिटेरियम हलमा गरिएको कार्यक्रम विभिन्न पार्टिका प्रतिनिधि, पदाधिकारी, कलाकार तथा मिडिया, पत्रकार तथा विभिन्न स्कुलका प्रधानाध्यापक, प्राध्यापक, बिद्यार्थी तथा अभिभावकहरुको बाक्लै उपस्थिती रहेको थियो । उक्त कम्पिटिसनका निर्णायक मणडलमा बरिस्ठ नृत्य निर्देशक महेश्वर महर्जन, भुवन श्रेष्ठ र पद्मकन्या क्याम्पसका प्रोफेसर समेत रहनुभएकी तारा मानन्धर रहनु भएको थियो ।

कार्यक्रम सुरुमा २५ जना फाइनालिस्टको कडा प्रतिस्पर्धा पश्चात् ट्प १५ जना छानिएका थिए भने उक्त ट्प १५ बाट अन्त्यमा टप ३ को घोषणा गरिएको थियो । साथै २५ जनाबाट विभिन्न १५ बिधामा अवार्ड बितरण गरिएको थियो भने १ बिधालाई भने सर्प्राईजको रुपमा बेस्ट गार्जेनको अवार्ड बितरण गरिएको थियो । सोनिया के सि, आकृती स्याङ्तान, एन्जिला बि क क्रमशः प्रथम द्वितीय र तेस्रो भएका थिए भने सँगिता बि क, एलिजा महर्जन, रिया महर्जन, जेनिसा चौधरी, प्रियाँसु खडका, लिजा महर्जन, उत्साह महर्जन, रिदिमा आचार्य, एन्जिला बि क, सुस्मिता बडु, निर्जला महर्जन, कबिना रोक्का,गरिमा पौडेल, शान्ति रुपाखेती, सिनेरिया बज्राचार्यले पाएका थिए । त्यस्तै बिरेन्द्र चौधरीले भने बेस्ट गार्जेनको अवार्ड पाएका थिए । प्रमुख अतिथी, अतिथी, निर्णायक मण्डल तथा आयोजक र सहअयोजक टिमबाट विभिन्न बिधाका पुरस्कार बितर्ण गरिएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video