कोमल ओलीको उम्मेदवारी फिर्ता, कारण यस्तो

एमाले पार्टीको टिकट आश्वासनमा गत महिना राप्रपा छाडेर पार्टी प्रवेश गरेकी गायिका कोमल ओलीले प्रतिनिधी सभाको चुनावी माहोल सुरु हुँदै गर्दा आधिकारिक टिकट पाईनन् । त्यसपछि एमालेले टिकट नदिएको झोकमा दाङ क्षेत्र नं ३ मा स्वतन्त्र उमेद्वारी दिईन् । केहि दिन उनको चर्चा परिचर्चा चुलियो ।

अन्ततः कोमलले आफ्नो उमेद्वारी फिर्ता लिएकी छिन् । आईतबार उमेद्वारी फिर्ताको दिन तोकिँदै गर्दा मध्यान्हतिर उनले आफ्नो उमेद्वारी फिर्ता लिएकी छिन् । उनले पार्टीका नेताहरुसँगको छलफलपछि बाम गठबन्धनका आधिकारिक उमेद्वारलाई समर्थन गर्ने भन्दै उमेद्वारी फिर्ता लिएको बताएकी छिन् ।

कोमललाई एमालेले पुनः नयाँ ललिपप देखाएको छ । पार्टी प्रवेशमा चुनावको लागी टिकट दिने सर्त राखिएपनि अन्ततः कार्यान्वयन नभएपछि झोक्कीएकी कोमललाई पार्टीमा सम्मानित रुपमा केहि ‘स्टेप’ माथीको दर्जा दिने ललिपप एमाले शिर्ष नेताहरुले देखाएको श्रोत बताउँछ । यो विषयमा बुझ्न खोज्दा उनिसँग सम्पर्क हुन सकेन् ।

एक समय राजावादी र हिन्दुत्वको नारा लगाएर चर्चामा आएकी कोमल केहि महिना पहिले राप्रपा प्रवेश गरेकी थिईन् । त्यसपछि राप्रपाको केन्द्रिय सदस्यमा लोकप्रिय मत ल्याएर चुनाब पनि जितिन् । त्यसपश्चात आफुलाई विश्वास गरेर मत दिने अनि संभावना देखेका कार्यकर्ताहरुको मतलाई लत्याउँदै उनि एक्कासी कुनै पनि एङ्गलबाट विचार नमिल्ने मार्क्सवादी विचारको एमाले प्रवेश गरेकी थिईन् । एक समय सकारात्मक पक्षको चर्चामा रहेकी कोमल एमाले प्रवेशसँगै पछिल्लो पटक आलोचनाको पात्र बनिरहेकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video