पति पत्नि बनेका सौगात र वेनिशाको सात पोज ! डाइलग के बन्छ होला ?

तस्बिर १ – डाइलग के होला ? 


अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘फाटेको जुत्ता’ यतिबेला हलमा प्रदर्शनरत छ । उनि यो फिल्मको लागी अन्य फिल्मको दाँजोमा दिल खोलेर लागे । प्रदर्शनपछि हल-हलमा पनि पुगिरहेका छन् दर्शक भेट्न । यो बीचमा अबको दुई हप्तापछि नै सौगात स्टारर अर्को फिल्म रिलिजको तयारीमा छ । फिल्म हो ‘झ्यानाकुटी’

तस्बिर २ – डाइलग के होला ?

एकपछि अर्को फिल्म रिलिज हुँदा दर्शक कन्फ्युज नहुन् अनु दुबै फिल्मलाई उत्तिकै साथ दिउन् भन्ने हिसाबले ‘झ्यानाकुटी’लाई पनि सौगातले समय निकालेकै छन्, मिडियादेखि सार्वजनिक कार्यक्रम सबैतिर पुग्न भ्याएका छन् । केहि दिन पहिले सुत्र ईन्टरटेन्मेन्टको क्यामेरामा सौगात रिल जोडी वेनिशा हमालका साथ कैद भए ।

तस्बिर ३ – डाइलग के होला ?

हामीसँगको भेटमा सौगात र वेनिशा खुले अनि फिल्मको पात्रमा भिज्दै सोहि प्रकारका दृश्यहरु क्यामेराअघि प्रस्तुत गराए । फिल्ममा पति पत्नि बनेको कुरा ट्रेलरले खोलीसकेको छ । ट्रेलरले आशय बोल्छ कि सौगात पत्निको सबै आवश्यकता पुरा गर्दैगर्दा समस्यामा पर्छन् अनि केहि मनमुटाव पनि पर्छ, सोहि प्रकारको ट्रेलरको आशयपछिको परिस्थितीलाई प्रतिनिधित्व गर्ने दृश्यहरु सुत्रको क्यामेराअघि पनि यी दुईले दिए ।

तस्बिर ४ – डाइलग के होला ?

सँगसँगै भेटिएकी फिल्मकी निर्मात्री रहेकी अभिनेत्री निशा अधिकारीले ‘झ्यानाकुटी’मा सौगात र वेनिशाको जोडी राम्रो जमेको भन्दै दर्शकलाई पुर्ण मनोरञ्जन दिने फिल्म तयार भएको दाबी गरिन् । उनी पहिलो निर्माणमै सफलता चुम्ने दाउमा देखिन्थिन् ।

तस्बिर ५ – डाइलग के होला ?

सिमोस सुनुवार निर्देशित फिल्ममा निशा र सौगातसँगै सुमी मोक्तान, पुस्कर गरुङ, जीवन भट्टराई लगायत लिड अभिनयमा छन् । फिल्ममा संगीत सनिष सुनुवार र विकास चौधरीको छ भने क्यामेरा हरी हुमागाईंले चलाएका छन् । निर्देशक सिमोस नै फिल्मका सम्पादक हुन् ।

तस्बिर ६- डाइलग के होला ?

भिडियो

तस्बिर ७ – डाइलग के होला ?

यहाँ उल्लेखित केहि ‘स्याड भर्सन’ त केहि रोमान्टिम लाग्ने दृश्यहरुमा कस्ता डायलग उपयुक्त हुनसक्छन्, प्रतिक्रिया जनाउनुहोला ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video